दफा ९
राष्ट्रिय परिषद्को बैठक
(१) राष्ट्रिय परिषद्को बैठक सामान्यतया वर्षको एक पटक बस्नेछ ।
(२) राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता राष्ट्रिय परिषद्को अध्यक्षले र निजको अनुपस्थितिमा राष्ट्रिय परिषद्को उपाध्यक्षले गर्नेछ । राष्ट्रिय परिषद्को अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा राष्ट्रिय परिषद्का सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता गर्नेछ ।
(३) राष्ट्रिय परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि राष्ट्रिय परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) राष्ट्रिय परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा सदस्य–सचिवले बैठकमा भाग लिए बापत तोकिए बमोजिम बैठक भत्ता पाउन सक्नेछन् ।